कञ्चपुरमा फेरि किशोरीमाथी सामुहिक बलात्कार

Sharing is caring!

भदौ १६, २०७५ ।  कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका अभियुक्त पक्राउ नहुँदै फेरि कञ्चनपुरमा एक अर्की किशोरीमाथि सामुहिक बलात्कार घटना भएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलडाँडी गाउँपालिका—१ की अन्दाजी १५ वर्षकी किशोरीमाथि बिहीबार राति सामुहिक बलात्कार भएको हो ।

बेलडाँडी गाउँपालिका—१ किशोरीको घरमा बिहीबार राति पूजाको कार्यक्रम रहेको र सोही कार्यक्रममा आएकाहरुले बलात्कार गरेको इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी प्रमुख सुरेन्द्रबहादुर बमले बताए । ‘मोटरसाईकलमा आएका चार युवकल ती बालिकाको घरमा पूजा चलिरहेका बेलो फोन गरेर सडकमा बोलाएका थिए । सडकका पुगेकी ती किशोरीलाई अपहरणशैलीमा मोटरसाईकलमा राखेर ती युवकहरुले बेलौरी नगरपालीको जबदिया भन्ने ठाउँमा लगेर सामुहिक बलात्कार गरेका थिए ।’

किशोरीलाई अपहरणशैलीमा मोटरसाईकलमा राखेर लगेको जानकारी पाएपछि परिवारले घटनाबारे प्रहरीलाई खबर गरेपछि शुक्रबार बिहान प्रहरीले किशोरीको उद्दार गरेको थियो ।
रातिको समयमा घरमा आएका चारजनाले किशोरीलाई काम छ भनेर बाहिर लगेको र चारजनामध्ये एकजनाले बलात्कार गरेको किशोरीले बताएकी छिन् ।

किशोरीले दिएको जानकारी अनुसार दुईको पहिचान भएको र बाँकी दुईजनाको पहिचान हुन बाँकी रहेको कञ्चनपुर प्रहरीका प्रमुख प्रहरी उपरिक्षक कुबेर कडायतले जानकारी दिएका छन् । घटनामा संलग्न चारैजना फरार रहेको प्रहरी प्रवक्ता कृष्णराज ओझाले जानकारी दिए । किशोरीको स्वास्थ्य जाँच गरी इलाका प्रहरी बेलडाँडीमा राखेको छ । पीडित किशोरीको मेडिकल गराउन प्रहरीले तयारी गरेको छ । घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ ।यो खबर आजको राजधानीबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *