मालिन्दोको विमान धावनमार्ग छाडेर चौरमा

Sharing is caring!

वैशाख ७, २०७५ । काठमाडौंबाट बिहीबार राति ९ः४५ बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न खोजेको जहाज धावनमार्ग छाडेर चौरतिर पुगेको थियो । अनियन्त्रित जहाज धावनमार्ग सकिएपछि पनि १३० फिट दक्षिण पुगेर जोतिएको थियो ।

मालिन्दोको उडानलगत्तै अवतरण गर्न तयार भएका जेट एयरवेज र मलेसियन एयरका जहाज लामो समयसम्म काठमाडौंमाथि घुमिरहेका थिए । तर, विमानस्थल नखुलेपछि जेट एयरवेज दिल्लीतिर पुग्यो भने मलेसियन एयर बंगलादेशको ढाका पुगेको थियो । दुर्घटनाग्रस्त जहाज निकाल्ने प्रयास भइरहेको छ । ननिकालेसम्म धावनमार्ग नखुल्ने सम्भावना रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । यो खबर आजको नयाँ पत्रिकामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *