अधिवेशनको ६ महिना अगाडि नै कांग्रेस क्रियाशील सदस्यता वितरण बन्द हुने : सहमहामन्त्री आङदेम्बे

Sharing is caring!

साउन २५, २०८० । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले क्रियाशील सदस्यता वितरणमा राजनीतिक र आर्थिक प्रभावमा नभई योगदानको आधारमा बाँडेको दाबी गरेका छन् । उनले अबउप्रान्त सदस्यता वितरणमा अधिवेशनको छ महिना अगाडि नै अन्त्य गर्ने पनि बताए ।

बिहीबार काठमाडौंमा भएको प्रदेश एकको निर्वाचन क्षेत्र नम्बर (ख) र काठमाडौं वडा नम्बर ३१ को संयुक्त सम्मेलनलाई सम्बोधन गर्दै सहमहामन्त्री आङदेम्बेले विवादित बन्दै आएको क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित पार्न सबैमा सहमति भएको बताए ।

उनले भने, हिजोको क्रियाशील सदस्यता अधिवेशन आउनुभन्दा ६ महिना अगाडि आ–आफ्नो प्रभावमा परेका नेतासँग भेटेर पहुँचमा पुगको नेतालाई प्रभावमा पारेर क्रियाशीलता खल्तिमा बोकेर आफ्नो मान्छेलाई बाँडेर अधिवेशनमा कांग्रेससँग सम्बन्धै नभएको मान्छे पनि आएको हामीले देखेका छौं । त्यो प्रवृतिबाट अब क्रियाशील सदस्यता फारमलाई मुक्त राख्ने केन्द्रीय कार्यसमितिको ऐक्यबद्धता छ । हिजो अधिवेशनको मुखैमा सक्रिय सदस्यताको फारम वितरण गर्ने चलन थियो अब आउने दिनमा हामी करिब करिब प्रतिवद्ध छौं, अधिवेशनको ६ महिना अगाडि वितरण गरिने क्रियाशीललाई अब अधिवेशन आउने ६ महिना अगाडि नै बन्द ठाउँतिर हामी पुग्दैछौं ।

त्यस्तै उनले कांग्रेसमा देखिएको विचारको अस्तव्यस्थता र बढेको भावनात्मक दूरी घटाउन आवश्यक रहेको भन्दै पुरानो प्रवृतिसँग रमाएर बस्न नहुने बताएका छन् ।

कांग्रेसको नेतृत्वमाथि देखिएको असन्तुष्टिलाई लक्षित गर्दै सहमहामन्त्री आङदेम्बेले भने, तपाईंहरु जति चिन्तित हुनुहुन्छ यो कुराबाट केन्द्रीय कार्यसमिति र हाम्रा नेताहरु पनि साह्रै चिन्तित रहेको निवेदन गर्छु । अब नेपाली काग्रेस सँग फेरि त्यहि पुरानो प्रवृतिभित्र रमाएर बस्ने छुट छैन् ।

उनले निर्वाचनबाट तीनै तहमा ठूलो दल भएर आउँदा पनि त्यसको गौरव बाँड्न नसकेको अवस्था आएको भन्दै पार्टीभित्र देखिएको विचारको अस्तव्यस्थताले अहिले पनि कांग्रेस व्यवस्थित हुन नसकेको धारणा राखे ।

हामीले ठूलो दलको गौरव बाँड्न सकिरहेका छौनौ। किन भने जसरी यो विचमा सार्वजनिक भयो, यसले अहिले पनि हामीलाई व्यवस्थित गर्न सकिरहेको छैन् । हाम्रा विचारहरुले अझै पनि हामीलाई अस्तव्यस्थ बनाइरहेको होकि लागिराखेको छ । मानसिक रुपमा प्रदेश र स्थानीय तहमा ठूलो दल त छौ तरपनि हामी सबैले भावनात्मक एकताको कांग्रेस एक छौं भन्ने सन्देश दिन जरुरी छ, आङदेम्बेले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *