बाढीपहिरोबाट ५० जनाको मृत्यु, ३० जना वेपत्ता
असार २९, २०७६ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण हालसम्म ५० जनाले ज्यान गुमाएका छन् ।
वर्षाका कारण आएको बाढी र पहिरोमा परि आइतबार विहानसम्म ज्यान गुमाउनेको संख्या ५० पुगेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहानसम्म २२ महिला र २८ पुरुष गरी जम्मा ५० जनाको मृत्यु भएको हो ।
यस्तै २५ जना घाइते भएकामा उनीहरुको सम्बन्धित जिल्लाका अस्पतालहरुमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार १३ महिला र १७ पुरुष गरी जम्मा ३० जना वेपत्ता भएका छन् भने ११०४ जनाको जिवितै उद्दार गरिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले बताए ।