पर्सामा नक्कली इन्सपेक्टर पक्राउ

Share this news:
जेठ २६, २०७५ । पर्सा प्रहरीले  नक्कली प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को इन्सपेक्टर भन्दै सर्बसाधरणलाई धम्की दिने एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका १ शितपुर बस्ने १९ बर्षीय श्रीराम महतो गौरो रेहका छन् । आफू सीआईबीको इन्सपेक्टर हो भनी गाउँघरका सोझासाझा सर्वसाधारण व्यक्तिहरुलाई झुक्याइ थर्काउने तथा ठगी गर्दै हिँडेको उजुरीको आधारमा श्रीरामलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । उनीसँग भएको नक्कली छनौट पत्रसमेत बरामद गरी आवश्यक अनुसन्धानक तथा कारबाहीका लागि लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजन लिम्बुले जानकारी दिए ।
उनले भने, ‘ ठगीको धन्दा हो कि भनेर अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं ।’ उनीेविरुद्ध सार्वजनिक अपराध मुघा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उनको भनाइ छ ।यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *