दृष्टिविहीन अमिट केसीले सगरमाथा आरोहण गर्ने

Sharing is caring!

माघ १८, २०७७ । दृष्टिविहीन अमिट केसीले आगामी चैत्र २८ गते सगरमाथा आरोहण गर्ने भएका छन् । स्थायी घर बाग्लुङको जैमिनी नगरपालिका–४ फर्कुवाका केसीले सगरमाथा आरोहणको सम्पूर्ण तयारी पूरा भएपनि आर्थिक अभावमा परेकोले सहयोगी मनहरुलाई सहयोग गरिदिन अपिल गरेका छन् ।

दृष्टिविहीन अमिट केसी सगरमाथा आरोहण अभियानको घोषणा–२०२१ ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । कार्यक्रममा पूर्व सिडिओ कैलाशनाथ खरेल, समाजसेवी ईन्दिरा राना, सरस्वती क्याम्पसका सह–प्राध्यापक चन्द्रबहादुर केसी, अपांगता मैत्री समाजका अध्यक्ष काशिलाल श्रेष्ठ सहभागी थिए । उनीहरुले केसीलाई सफल सगरमाथा आरोहणका लागि शुभकामना दिए ।

कार्यक्रममा बोल्दै केसीले लायन्स क्लब ईन्टरनेश्नल सय वर्ष पुगेको अवसरमा आफूले सन् २०१७ मा क्लबको झण्डा बोकेर सगरमाथा आरोहणमा गएको तर चौथो आधार शिविरमा पुगेर अग्सिजन समाप्त भएर फर्किएको सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *