विपद् व्यवस्थापन सुदृढ गर्न HOPE तालिम सम्पन्न

hitkhabar.com


काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा, नेपाली सेनाको प्रशिक्षण व्यवस्थापन र विश्व स्वास्थ्य संगठनको सहकार्यमा सञ्चालन गरिएको चार दिने “Hospital Preparedness in Emergencies (HOPE)” तालिम सम्पन्न भएको छ।

मिति २०८३ वैशाख १४ गतेदेखि आर्मी अफिसर्स क्लब, सुनधारामा सुरु भएको उक्त तालिम आज एक संक्षिप्त समापन कार्यक्रमका बीच सम्पन्न गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र प्राधिकरणका गरी कुल २४ जना सहभागीले तालिम लिएका थिए।

समापन समारोहका प्रमुख अतिथि नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जंग केसीले अस्पतालहरूको तयारीलाई समग्र विपद् प्रतिकार्य प्रणालीको महत्वपूर्ण हिस्सा मान्नुपर्ने बताउनुभयो।

त्यसैगरी, प्राधिकरणकी सहसचिव रोशनी कुमारी श्रेष्ठले तालिमले आपतकालीन अवस्थामा अस्पतालहरूको प्रतिकार्य क्षमतामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा व्यक्त गर्नुभयो।

उक्त तालिमले विपद् वा आपतकालीन अवस्थामा अस्पतालहरूलाई प्रभावकारी रूपमा तयारी अवस्थामा राख्दै समन्वित प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया