काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
सरकारको सिफारिसअनुसार राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको हो ।
यसअघि आजै राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश पनि जारी गरिसकेका छन् ।
सरकारले सार्वजनिक खरिदसँगै संवैधानिक परिषद्, केही नेपाल ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय तथा सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी लगायत अन्य अध्यादेशहरू पनि सिफारिस गरेर राष्ट्रपतिसमक्ष पठाएको छ ।
अन्य सिफारिस गरिएका अध्यादेशहरूबारे राष्ट्रपति कार्यालयले अध्ययन गरिरहेको जनाएको छ । यसै क्रममा राष्ट्रपति पौडेलले आज शीतलनिवासमा कानुनविद्हरूसँग छलफल समेत गरेका थिए ।