हिंसा रहित तारकेश्वरका ३ वटा नमुना परिवार

Sharing is caring!

असोज २०, २०७५ । तारकेश्वर नगरपालिकाका ३ वडा परिवार हिंसा रहित नमुना परिवारका रुपमा स्थापित भएका छन् । महानगरीय प्रहरी वृत्त बालाजु र लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समन्वय समितीको संयूक्त आयोजनामा आज एक औपचारीक कार्यक्रमका बीचमा सो परिवारहरु हिंसा रहित नमूना परिवारका रुपमा घोषणा भएका हुन् । सो नमूना परिवारमा तारकेश्वर–८ का रविन्द्र लामिछाने, तारकेश्वर–९ का विष्णु नेपाल र तारकेश्वर–१० का महेन्द्र पन्त रहेका छन् । यी तीन वटै परिवारको पृष्ठभूमी अध्ययन गरि हिंसामूक्त नमूना परिवारको रुपमा आयोजक संस्थाले छनौट गरेको कुरा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समन्वय समितीको सचिव नन्द बहादुर ऐडीले बताए ।
ती नमूना परिवारका घरमुली सहित अन्य सदस्यहरुलाई कार्यक्रममा उनीहरुको कथा उनीहरुबाटै प्रस्तुत गर्न लगाईएको थियो । तीन वटै नमूना परिवारका सदस्यहरुका अनुसार आफनो परिवारमा आज सम्म कुनै पनि प्रकारको हिंसा छैन् । यो हुनुको मुख्य कारण परिवारमा कुनै पनि विभेद छैन्, परिवारका सदस्यहरु कुनै पनि कुलतमा फसेका छैनन् । परिवारका सदस्यहरुबीच एकआपसमा हरेक कुराको शेयर हुन्छ । परिवारका सदस्यहरुबीचमा सदभाव र सहकार्य समेत रहेको छ । परिवारका सदस्यहरु सबै आ–आफनै काममा व्यस्तका साथै सक्षम रहेका छन् भन्ने कुरा ती नमूना परिवारका सदस्यहरुले कार्यक्रमका सम्पूर्ण सहभागीहरु माझ प्रस्तुत गरेका थिए ।
नमूना परिवार घोषणा कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक गंगा पन्तले लैंगिक हिंसाको मुल जड पारिवारिक बेमेल नै प्रमुख कारण हो भन्ने बताए ।
लैंगिक हिँसा सहनु पनि अर्को हिँसा हो किनकी जुन व्यक्तिले यस्तो किसिमको हिँसा सहन्छ त्यहाँ झन प्रतिहिँसाको जन्म हुन्छ यसको लागि प्रत्येक घर परिवार, टोल छिमेकमा हुदै आएका घटनाक्रमहरुलाई नागरिक समाज र प्रहरीलाई समयमा नै उपलब्ध गराउने हो भने यस्ता घटनाहरु आपैm न्युनीकरण भएर जाने कुरा लाई प्रहरी उपरीक्षक पन्तले जोड दिए ।

सो नमूना परिवार घोषणा कार्यक्रममा बोल्दै महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख एवं प्रहरी नायव उपरीक्षक चिरञ्जिवी कोईरालले हिंसा परिवारबाटै सुरु हुने र परिवारबाटै अन्त्य हुने कुरा आजको हिंसा रहति नमूना परिवार घोषणा कार्यक्रमले प्रष्ट्र पारेको कुरालाई जोड दिए । कोईरालले थप्दै भने जुन परिवारमा बुवा-आमा, दाजु-भाई जाँड रक्सी सेवन गर्छन्, त्यसको सिको अन्य पिढीमा पनि सरेको हुन्छ र सारा परिवारका सदस्यहरु जाँडरक्सीको तालमा अनेक नकारात्मक निर्णय गर्नपुग्छन्, अनि त्यहिबाट नै हिँसाको जन्म हुन्छ, अनि टोल टोल, भट्टीमा जाँडरक्सी खाई अनाहकमा युवा युवतीहरुको जमात कुर्लिइराखेको हुन्छ । यो गतिविधीबाट परिवारका साथै टोल छिमेकलाई पनि उत्तिकै तनावको स्थिति सिर्जना भई हाम्रो समाज नै विकृतिको पर्खालमा परिराखेको हुन्छ र यसको लागि सर्वप्रथम घर परिवारमा मिलेर सवै काम गर्नुप¥यो, परिवारसगै वसेर खाना खाने, सरसल्लाह गर्ने, भावी योजनाहरु तय गर्ने, एक आपसमा अन्र्तक्रिया अर्थात दुख सुखको कुरा साटासाट ग¥र्यो भने सदभाव पैदा हुन्छ अनि यहि सद्भाव र मायाँले पारिवारिक विखण्डन नहुनुका साथै टोल छिमेकमा पनि सकारात्मक कुराको प्रवाह भएर समग्र समाजमा नै शान्ति सुरक्षाको अमनचयको अवस्था सिर्जना हुन्छ भन्ने कुरालाई उनले जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *