संघीय संसद भवन निर्माणका लागि छनोटमा परेका १० मध्ये ८ कम्पनी चिनियाँ

Sharing is caring!

भदौ २६, २०७६ । संघीय संसदको सिंहदरबार हातामा बन्ने आधुनिक भवन निर्माणका लागि टेण्डर प्रस्ताव पेश गरेका १० वटा कम्पनीको कम्पनीको आर्थिक पक्षमाथि मंगलबारदेखि मूल्यांकन सुरु भएको छ । प्रस्ताव पेश गरेका १७ कम्पनी मध्ये प्राविधिक १० कम्पनीलाई पूर्वयोग्यता छनोट सूचीमा राखिएको थियो ।

१० मध्ये एकल प्रस्ताव पेश गर्ने ४ वटा चिनियाँ र एक भारतीय एक कम्पनी छन् । भवन निर्माणका लागि नेपालका कुनैपनि कम्पनीले एकल प्रस्ताव गरेका छैनन् । अन्य पाँचवटा मध्ये चीन र नेपालका कम्पनिले चारवटा संयुक्त प्रस्ताव पेश गरेका छन् । अर्को एउटा कम्पनी भारतीय र नेपालीको संयुक्त हो । प्राविधिक मूल्यांकनमा ७ कम्पनी अस्वीकृत भएका थिए ।

चाइना सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सनको अपरेसन, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेट लिमिटेड, आनहुइङ सुयन, कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड, कोभेक—सिआरईजिसी जेभीले एकल प्रस्ताव पेश गरेका हुन् । नेपाली कम्पनीहरु समानान्तर, शर्मा, श्रेष्ठ र तुँदीले चिनियाँसँग संयुक्त प्रस्ताव पेश गरेका छन् ।

भारतीय एनबीसीसीले एकल प्रस्ताव पेश गरेको छ । नेपालको गौरीपार्वतीले भारतीय कम्पनीसँग संयुक्त प्रस्ताव पेश गरेको छ । सहरी विकास तथा भवन विभागका सिनियर डिभिजन इन्जिनियर प्रकीर्ण तुलाधरका अनुसार मूल्यांकनका क्रममा नियमपूर्वक प्रस्ताव पेश भएको देखिएमा सबैभन्दा कम रकममा उल्लेख गरेको एउटा कम्पनीलाई निर्माणको जिम्मेवारी दिइनेछ । नेपाली कलात्मक शैलीमा बनाइने भवनका लागि विभागले गत जेठमा ग्लोबल टेन्डर आह्वान गरेको थियो । यो खबर कान्तिपुरबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *