वीरगन्जमा छात्रामाथि एसिड प्रहार,२ जना पक्राउ

Sharing is caring!

भदौ २०, २०७६ । वीरगन्जमा एक छात्रामाथि एसिड प्रहार भएको छ ।

कक्षा ९ मा अध्ययनरत छपकैया-२ निवासी १५ वर्षीया मुस्कान खातुनलाई शुक्रबार बिहानै एसिड प्रहार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

एसिड प्रहारले छात्राको शरिरको एक भाग जलेको प्रहरीले जनाएको छ ।

पर्साका प्रहरीका अनुसार एसिड प्रहार गर्ने छपकैया टोलकै सम्साद मिया र मक्सेद आलमलाई प्रहरीले पक्राउ गरेको छ ।
एसिड प्रहारले गम्भीर घाइते भएकी छात्रालाई उपचारको लागि नारायणी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
विद्यालय जाँदै गरेकी १५ वर्षीया छात्रामाथि २ जना युवाले छात्रामाथि एसिड प्रहार गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *