विमस्टेकको चौथो शिखर सम्मेलन फलदायी: प्रम ओली

Sharing is caring!

भदौ १८, २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले विमस्टेकको चौथो शिखर सम्मेलन आयोजना र निर्णय दुवैका दृष्टिले फलदायी भएको बताएका छन् ।

सिंहदरबारमा आयोजित विमस्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने “नेपालमा उत्पादित विद्यूत अन्य देशहरुलाई विक्री गर्न हामीलाई विद्युतीय ग्रीड आवश्यक रहेकोले त्यस विषयमा काम गर्न जल उर्जाको क्षेत्रमा सहयोगको आदान प्रदान गर्ने निर्णय भएको जानकारी दिनुभयो । ”

प्रधानमन्त्री ओलीले भन्नुभयो,”त्यस विषयमा भारत र वंगलादेशसँग विशेष रुपमा केन्द्रीत भएर कुराकानी गरेका छौं, जसबाट हामी भारत, वंगलादेश र म्यानमार मात्र होइन सूदुर भविष्यमा थाइल्याण्डसम्म विजुली निर्यात गर्न सक्छौं ।”

नेपाल र नेपालीको हितलाई सर्वोपरी ठानेर विमस्टेकमा छलफल गरी घोषणा पत्र जारी गरिएकोले उनले भने, “विमस्टेक होस वा अन्य क्षेत्रीय वा अन्तर्राष्ट्रिय मञ्च जेहोस् हामी न्यायोचित राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्छौं । ”

प्रधानमन्त्री ओलीले विमस्टेक सम्मेलनको सफलताका लागि अहोरात्र मेहनत गर्ने परराष्ट्र मन्त्रालय, गृह र सुरक्षा मन्त्रालय अन्तरगतका सुरक्षा निकाय लगायत सरकारका सबै निकाय प्रति धन्यवाद ज्ञापन गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *