विनासकारी भूकम्पको चार वर्ष: परकम्पनले ठूलो भूकम्पको जोखिम कम

Sharing is caring!

बैशाख १२, २०७६ । चार वर्ष अघि २०७२ वैशाख १२ गते अर्थात् आजकै दिन गोरखा जिल्लाको बारपाक केन्द्र बनाए गएको शक्तिशाली भूकम्पको त्रास कायमै रहँदा बुधबार बिहान पनि पुनः झस्काएको छ ।

काठमाडौँ आसपास क्षेत्रका कतिपय मानिस दौड्दै घर बाहिर आए भने कतिले आफ्ना बालबच्चा बोकेर दौडेको घटना सुनाए । जे होस् नेपालमा भूकम्पको जोखिम कायमै छ र ‘सचेत हुनुपर्छ है’ भन्ने सन्देश भूकम्पले दिइरहेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार गएका दुईवटा भूकम्प गोरखा भूकम्पकै परकम्प हुन् । धादिङको नौबिसे केन्द्र भएर ५.२ रेक्टरको भूकम्प गएको केही समयपछि ककनी क्षेत्र केन्द्र भई ४.३ रेक्टर स्केलको अर्को परकम्पन गएको थियो ।

केन्द्रका सिस्मोलोजिस्ट मुकुन्द भट्टराई भन्नुहुन्छ, ‘‘बुधबार बिहान गएको भूकम्पचाहिँ २०७२ वैशाख १२ गते गएको भूकम्पको परकम्पन नै हो । बिहीबार भूकम्प गएको चार वर्ष पुग्दैछ भनेर यो परकम्पन आएको होइन । भूकम्प कहिले जान्छ भन्ने भन्न सकिँदैन । संयोग मात्रै हो ।’’

अर्का सिस्मोलोजिस्ट चिन्तन तिम्सिनाले काठमाडौँ नजिक केन्द्र भएकाले सबैलाई बढी चासो भएको हो तर यस्ता भूकम्प अन्य क्षेत्रमा पनि गइरहेका छन् ।

अन्यत्र जाँदा कम र काठमाडौँ नजिक जाँदा बढी चासो हुनु स्वाभाविक नै हो । सबैभन्दा बढी परकम्पन गएका क्षेत्रमा दोलखा र सिन्धुपाल्चोक क्षेत्र हुन् र त्यसपछि गोरखामा गएको केन्द्रले तथ्याङ्कमा छ ।

नेपालको चुरेको भूभागमाथि तिब्बतीय र भारतीय प्लेटको टकराव हुन्छ, त्यसले शक्ति पैदा गर्छ, त्यसले गर्दा यो क्षेत्र भूकम्पीय जोखिममा रहेको छ । शक्ति जम्मा हुने र क्षीण हुने चक्र हुन्छ र त्यसैले गर्दा भूकम्प जान्छ । नेपालको करिब आठ सय किलोमिटर क्षेत्र नै भूकम्पकीय क्षेत्रमा पर्छ । सामान्यतया परकम्पन जानुलाई राम्रो मानिन्छ जसले त्यस क्षेत्रमा ठूला भूकम्प जाने जोखिम कम हुने विज्ञहरू बताउँछन् । यो खबर गोरखापत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *