लकडाउन वैशाख १५ गतेसम्म बढाउने सरकारको निर्णय

Sharing is caring!

बैशाख २, २०७७। सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि बढाउने निर्णय गरेको हो

यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। त्यसपछि फेरि चैत २५ गतेसम्मका लागि लकडाउन गरेकोमा तेस्रो चोटी समय थप्दै वैशाख ३ गतेसम्मका लागि लकडाउन लम्ब्याएको थियो ।

अहिले फेरि चौथो पटक समय थप गर्दै सरकारले पुनः १२ दिन  लागि लकडाउनको समय थप गर्ने निर्णय गरेको हो ।

लक डाउन हुनुभन्दा अघि नेपालमा कोरोना संक्रमितको संख्या जम्मा दुई जना थियो तीमध्ये पनि एक जना उपचार भएर घर फर्किसकेका थिए। अहिले कोरोना संक्रमितको संख्या १६ पुगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *