रवीन्द्र मिश्रलाई पितृशोक,वरिष्ठ कलाकार मिश्रको निधन

Sharing is caring!

साउन २३, २०७५ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई पितृशोक परेको छ ।

मिश्रका बुबा वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको हृदयघातका कारण बुधबार बिहान निधन भएको हो ।

आफ्नै निवासमा सुतेको अवस्थामा बिहान दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । वरिष्ठ चित्रकार तथा साहित्यकार ८३ वर्षीय मनुजबाबु लामो समयदेखि उच्च रक्तचापबाट ग्रसित थिए ।

मिश्रको आत्मकथा ‘हर्मिताजः अढाइ दशक गुफामा’ प्रकाशित छ । उनका कान्छा छोरा विदेशबाट आएपछि अन्त्येष्टि गरिने बताइएको छ । मिश्रका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *