विप्लव माओवादीका प्रवक्ता विश्वकर्मा पक्राउ

Sharing is caring!

साउन २३, २०७५ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेका छन्।

विश्वकर्मालाई दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट पक्राउ मंगलबार साँझ पक्राउ गरिएको प्रहरी प्रवक्ता शैलेस थापाले जानकारी दिए। उनीमाथि सार्वजनिक अपराध अन्तर्गतको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

विश्वकर्मालाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। विप्लव माओवादीले नयाँ जनवादी क्रान्तिको लागि भन्दै विभिन्न गतिविधि गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *