‘माझी किङ’ को रुपमा परिचित यमन माझि सम्मानित

Sharing is caring!

माघ ५, २०७६ । ‘माझी किङ’ को रुपमा परिचित यमन माझिलाई बिशेष सम्मान गरिएको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी उनलाई सम्मान गरिएको हो ।

माझी समुदायको भाषा,धर्म,संस्कार र पहिचान संरक्षण तथा उत्थान गर्नतर्फ ठुलो योगदान गरेको हुनाले माझी युवा क्लबका अध्यक्ष पुरुषोतम माझि र कोशीपारी खेलकुद क्लबका अध्यक्ष राम बहादुर माझीले संयुक्त रुपमा उनलाई सम्मान पत्र र खादा लगाइ सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै यमन माझिले भने “मलाई थप हौसला मिलेको छ,समुदायमा अझ धेरै कामहरु गर्न बाँकी छ् । अब चाडै भाषा,संस्कार र समुदायको उत्थान र संरक्षण सम्बन्धी काम गर्ने योजनामा छु ।”

उनले माझी भाषाको संरक्षणको निम्ती विभिन्न भाषागत कक्षा सञ्चालन गर्दै आएका छन भने साङ्गितिक क्षेत्रलाई नयाँ उचाइमा पुर्याएका छन । माझी समुदायबाट नेपाली चलचित्रको पर्दामा नायकको रुपमा पहिलोपटक देखा परेका उनी माझी समुदायबाट नेपाली चलचित्रको पर्दामा देखिएका पहिलो नायक समेत हुन । यमन नेपाली चलचित्र ‘एक्स्ट्रा माया’ बाट चलचित्र क्षेत्रमा समेत् हात हालेका छन ।

बुवा सुब्बा माझी र आमा हरिमाया माझिको कोखबाट बि. स २०४९ कार्तिक २५ गते काभ्रे जिल्लाको तेमाल गाउपालिका ३ मा जन्मेका माझिको बाल्यकाल सामान्य नै बित्यो । गाउकै श्री भुमे मा बि सरमथलिमा अध्ययन गरेका उनले सानैबाट रेडियो सुन्ने,गीत गाउँए र कक्षामा गाउँने गर्दथे । सोझो ,इमान्दार र मिजासिलो यमन सबैको प्यारो थिए ।

बि .स. २०६६ सालबाट आफ्नै माझी भाषामा “कखनि उपर कखनि तलेन” बोलको गीत रेर्कर्ड गरी साङ्गितिक यात्रामा होम्मिएका माझीले अहिलेसम्म १ सय भन्दा धेरै गीत गाइसकेका छन भने,दुइ दर्जन सङ्गित गर्नुका साथै दुई दर्जन लेखिसकेका छन । साङ्गितिक यात्राामा धेरै कष्ट र सङ्घर्ष भोगेको उनी बताउछन । साङ्गितिक क्षेत्रमा उनी गायन,गीत लेखन,सङ्गित साथै भिडियो निर्देशन,छायाङ्कन समेत गर्दछन ।

कार्यक्रममा पत्रकार,कलाकार तथा क्लबका बिशिष्ट व्यक्तिहरुको सहभागी रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *