बन्देज फुकुवा नगर्दा तिहारमा चिनीको अभाव हुने

Sharing is caring!

असोज ३, २०७६ । सरकारले चिनीमा लगाएको परिमाणात्मक बन्देज फुकुवा नगर्दा तिहारमा बजारमा चिनीको अभाव हुने देखिएको छ । बजार मूल्य हस्तक्षेप नगर्दा साल्ट्र टेडिङ्ग कर्पाेरेशन चिनीको मौज्दात सकिन थालेपछि बजारमा चिनी महङ्गो हुने भएको हो । कर्पाेरेशनसँग चिनी नहुँदा बजारमा व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्ने गर्छन् । चिनीकोे अभाव भएपनि आयात खुलाउन सरकार उदासीन भएको छ । बढी खपत हुने सिजनमै बजारमा चिनीको अभाव भएको हो । कर्पोरेसनसँग दसैंका लागि सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा विक्रि गर्नबाहेक चिनीको मौज्दात छैन ।
सरकारले स्वदेशी चिनी उद्योगलाई संरक्षण गर्ने नाममा चिनीको आयातमा लगाएको परिमाणात्मक बन्देज फुकुवा नहुँदा कर्पोरेसनले यो वर्ष चिनी खरिद गरी आयात गर्न पाएको छैन । कर्पाेरेशनसँग गत वर्षमै खरिद गरेको पाँच हजार मेट्रिकटनमध्ये अहिले करिब एक हजार पाँच सय मेट्रिक टन मात्रै मौज्दात छ । कर्पाेरेशनका नायव महाप्रवन्धक कुमारराजराज भण्डारीले चिनीको मौज्दात सकिन लागेकाले आयातमा लगाइएको प्रतिवन्ध खुलाउन पहल नगरे तिहारमा अभाव हुने बताए ।

यो परिमाण सकिएपछि कर्पोरेसनसँग चिनी मौज्दात शून्य हुने छ । कर्पोरेसनले असोज अन्तिम सातादेखि उपभोक्तालाई चिनी विक्रि गर्न आफूसँग मौज्दात नभएको जनाएको छ ।
चिनी आयात गर्नका लागि प्रस्ताव पठाएका छौ, उनले भने ‘अहिलेसम्म कुनै निर्णय नआएकाले यस पटक तिहारमा चिनी अभाव हुने देखिन्छ ।’ उनका अनुसार चिनीको मौज्दात कम भएकाले कर्पोरेसनले केही महिनादेखि कम परिमाणमा चिनी विक्रि गर्दै आएको छ ।
कर्पोरेसनसँग चिनीको मौज्दात नहुँदा यो वर्ष खुद्रा विक्रेतालाई चिनी विक्रि गर्न नपाएको भण्डारीले बताए । ‘अन्य वर्षमा मौज्दात अवस्था हेरेर खुद्रा विक्रेतालाई पनि चिनी विक्रि गरेका थियौं’, उनले भने, ‘तर यो वर्ष निश्चित परिमाणमा आम उपभोक्ताबाहेक कसैलाई दिन सकेनौं ।’
सरकारले स्वदेशी चिनी उद्योगलाई संरक्षण गर्ने नाममा चिनीको आयातमा लगाएको परिमाणात्मक बन्देज फुकुवा नहुँदा कर्पोरेसनले चिनी आयात गर्न पाएको छैन ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख २ गते निर्णय गरी चिनीमा लगाएको आयात बन्देजको म्याद थपी असार मसान्तसम्म पु¥याइको थियो । थपिएको म्याद सकिएको दुई महिना बितिसकेको छ । त्यसपछि सरकारले न आयात प्रतिबन्धको म्याद थप गरेको छ न त फुकुवा नै ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव उर्मिला केसीले चिनीको आयात फुकुवा गर्न प्रस्ताव पठाएको बताइन् । प्रस्ताव अर्थ मन्त्रालमार्फत् मन्त्रीपरिषदमा पुगेपनि कुनै निर्णय नभएको उनको भनाइ छ । कर्पोरेसनलाई १० हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनी (पहिले नेपाल खाद्य संस्थान) लाई १० हजार गरी २० हजार मेट्रिकटन आयात गर्न दिने विषयमा पत्राचार गरेको मन्त्रालयले जानकारी दिएको छ ।
विगतमा कर्पोरेसनसँग चिनीको मौज्दात सकिएको अवस्थामा निजी क्षेत्रका उद्योगीले फाइदा उठाउँदै चिनीको आफूखुसी मूल्य निर्धारण गर्दै आएका थिए । बजारमा चिनी अभाव भएको समयमा उद्योगीले प्रतिकिलो चिनीको मूल्य एक सय १० रुपैयाँसम्म तोकेका थिए । निजी व्यवसायीसँग बजारमा प्रयाप्त चिनी भएपनि कर्पाेरेशनसँग चिनी नहुँदा व्यवसायीले बजार मूल्य अस्भाविक बढाउने गर्छन् ।
उद्योगीले गत साउनमै चिनी आयात प्रतिबन्धलाई दसैं तिहारसम्म थप गर्न माग गरेका थिए । तर, सरकारले हालसम्म म्याद पनि थपेको छैन । औपचारिक रूपमा चिनी आयात प्रतिबन्ध फुकुवाको घोषणासमेत गरेको छैन ।
स्वदेशी उद्योगबाट गत वर्ष एक लाख ८२ हजार मेट्रिकटन चिनी उत्पादन भएको थियो । नेपालमा वार्षिक दुई लाख ५० हजार मेट्रिकटन चिनीको माग छ । यसबाहेक दसैं तिहार र छठसम्म अतिरिक्त करिब ३५ हजार मेट्रिकटन चिनीको माग हुन्छ । यो खबर कारोबारबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *