नेप्से परिसूचक २ दशमलवले घट्यो

Sharing is caring!

भदौ १०, २०७५ ।  शेयर बजारमा आइतबार नेप्से परिसूचक २ दशमलव ७८ अंकले घटेर १ हजार १ सय ७५ दशमलव ७२ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

कुल १ सय ४६ कम्पनीको ६ लाख ९ हजार २५७ कित्ता शेयर खरिदबिक्री हुँदा २० करोड ५५ लाख ५८ हजार ६४३ रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा बढी कारोबार नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर शेयरको भएको छ । जसको ५ करोड ३२ लाख ५३ हजार ३११ रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ५७ अंकले घटेर २ सय ४८ दशमलव ४२ अंकमा पुगेर बन्द भएको छ ।

न्यादी ग्रुप पावर लिमिटेडका लगानीकर्ताले कमाएका छन् भने कर्णली डेभलपमेन्टका लगानीकर्ताहरुले शेयर गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *