टिपिएस नवीकरणका लागि गैर आवासिय नेपाली संघको पहल

Sharing is caring!

वैशाख १०, २०७५ । नेपालीहरुका लागि टेम्पोररी प्रोटेक्ट स्टाटस (टिपिएस) नवीकरणका लागि गैर आवासिय नेपाली संघले पहल सुरु गरेको छ । टिपिएस अन्तर्गत नेपालीले अमेरिकामा अस्थाइ बसोबास सुविधा प्राप्त गरेका छन् ।

गैर आवासिय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वमा एनआरएनए अनररी काउन्सिल मेम्बर विष्णुकुमारी परियार सहितको टोलीले आइतबार परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई भेटि नेपाल सरकारले अबिलम्ब टिपिएस नवीकरणको प्रकृया अगाडि बढाउन आग्रह गरेको हो । उत्तरमा मन्त्री ज्ञवालीले सरकारले तुरुन्त टिपिएस नवीकरणकालागी प्रकृया अगाडि बढाउाने जनाएको परियारले बताइन् ।
टिपिएस नविकरण गर्ने या नगर्ने विषयमा अन्तिम निर्णय लिने अधिकार डिपार्टमेन्ट अफ होमल्याड सेक्युरीटीसंग हुने भएतापनि नेपाल सरकारले अनुरोध गरेमा नेपालकोलागी यो सुबिधा थप हुनसक्छ । अमेरिकी कंग्रेसको नेपाल ककसका सदस्य तथा कंग्रेसम्यानहरु नेपालको लागी यो सुबिधा नविकरण गर्न सकारात्मक रहेको पनि परियाले जनाइन् ।

नेपालमा गएको महाभूकम्पका कारण अमेरिकी सरकारले नेपालीहरुका लागि सन् २०१५ जुनदेखि टीपिएस सुविधा उपलब्ध गराएको थियो । तर यसरी अमेरिकामा अस्थायीरुपले बसिरहेका नेपालीहरुलाई अमेरिकी सरकारद्धारा प्रदान गरिएको अस्थाइ बसोबास सुविधा नविकरण नभए उनीहरुलाई समस्या पर्ने हुनाले गैरआवासीय नेपाली संघले विभिन्न सरकारी निकायहरुसँग पहल गरिरहेको छ ।

नेपाल सरकारको औपचारीक अनुरोध भएमा टिपिएस नबिकरणको प्रक्रिया अघि बढ्ने जानकारी पनि अमेरिकी अधिकारीहरुले दिएका छन् ।
अमेरिकी सरकारको अध्यागमन सम्बन्धी टिपीएसको सुविधा प्राकृतिक विपत्ती, सैनिक विद्रोह एवम हिंसात्मक गृह युद्वका कारण अमेरिकामा रहेका सम्बन्धित मुलुकका नागरिकहरुलाई मानवीय रुपले अस्थाई रुपमा संरक्षित गर्ने अमेरिकी नीति हो । टिपीस सुविधाले बिशेषतः अमेरिकामा बसोबास एवम कामकाजका लागि कानुनी हैसियत गुमाएका नेपाली आप्रवासीहरु एवम विद्यार्थीहरुलाई मद्धत पुगेको छ ।

यसअघि अमेरिकाले सन २००१ मा आएको भुकम्पका कारण एल साल्भाडोर लाई, सन २०१० मा हैटी लाई, समुद्री आँधी कारण सन १९९८ मा होण्डुरस लाई, गृह युद्वका कारण सन २०१२ मा सिरियालाई सो सुचीमा राखेको थियो । सोमालिया, सुडान, लिवरिया, सियरा लियोन र निकारागुवालाई पनि यो सुविधा प्रदान गरिएको थियो । यो खबर आजको कारोबारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *