कांग्रेस महासमिति बैठकको तयारीको लागि उपसमतिहरु गठन

Sharing is caring!

कात्तिक १३, २०७५ । नेपाली कांग्रेसले महासमिति बैठकको तयारीको लागि विभिन्न उपसमतिहरु गठन गरेका छन्  ।

कांग्रेसले मञ्च तथा प्रचार प्रसार, भोजन, स्वयंसेवक र स्थानीय व्यवस्थापन सचिवालय उपसमिति बनाएको छ । मंगलबार बसेको बैठकले भोजन व्यवस्थापन उपसमितिको संयोजकमा काँग्रेस भक्तपुरका सचिव उद्धव सिलवाललाई बनाएको छ ।

त्यस्तै, मञ्च तथा प्रचार प्रसार व्यवस्थापन उपसमिति संयोजकमा काठमाडौंका कोषाध्यक्ष गोविन्द पुडासैनीलाई बनाएको छ । स्वयंसेवक व्यवस्थापन संयोजकमा ललितपुरका सचिव भीमसेन घिमिरे र स्थानीय व्यवस्थापन सचिवालय उपसमिति संयोजकमा भक्तपुरका सचिव निशान ढुंगेललाई  बनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीका अनुसार आर्थिक व्यवस्थापन गर्न काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापतिलाई जिम्मा दिने निर्णय भएको बताएका छन् ।

कांग्रेस महासमिति बैठक आगामी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौको भृकुटीमण्डपमा हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *