कम्युनिष्ट एकता अपरिहार्य: अध्यक्ष दाहाल

Sharing is caring!

वैशाख १८, २०७५ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको अहिलेको सन्दर्भमा सर्वहारावादी कम्युनिष्टको एकता अपरिहार्य आवश्यकता बनेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष दाहालले अग्रगामी कम्युनिष्टबीचको ध्रुवीकरणले मात्र मुक्तिकामी श्रमिक वर्गको हक र अधिकारको सुनिश्चितता गर्न सकिने बताउनुभएको छ ।

उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ – समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार हो । नेपाली जनताको मुक्तिकामी आन्दोलनमा श्रमिक वर्गको त्याग, तपस्या र बलिदानप्रति अध्यक्ष दाहालले कृतज्ञता ज्ञापन गर्नुभएको छ ।

संविधानको सफल कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि मजदूर वर्गले आगामी दिनमा अग्रदस्ताको भूमिका निर्वाह गर्न सकोस् भन्दै अध्यक्ष दाहालले नेपाल र विश्वका मजदूरमा १२९ औँ मई दिवसको शुभकामना दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *