एसिया कप: नेपालको पहिलो जित हासिल

Sharing is caring!

भदौ १६, २०७५ ।  एसिया कप क्रिकेट छनोटमा नेपालले पहिलो जित हासिल गरेको छ। मलेसियामा जारी खेलमा नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले ३० ओभरमा ९ विकेटको क्षतिमा १६९ रन मात्र बनाउन सक्यो ।

मलेसियाका लागि अनवर अरुदिन र साहेद अजिजले  ३४–३४ रन बनाए भने अहमेद फैजले २२, भिरन्दीप सिंहले २१, मुहमेद स्याहदतले १६ र सर्भिन मुनियान्डीले १० रन बनाए ।

नेपालका लागि बसन्त रेग्मीले ३, सोमपाल कामी र सन्दीप लामिछानेले २–२ तथा सागर पुन र दिपेन्द्रसिंह ऐरीले १-१  विकेट लिए ।

३० ओभर खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले खेल्दै ७ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको थियो। नेपालका लागि दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले अर्धशतक बनाए। आरिफले नटआउट ६४ र दिपेन्द्रले ५४ रन बनाए। ४८ बल खेलेका आरिफले ५ चौंका र २ छक्का प्रहार गरे। दिपेन्द्रले ५१ बलमा ६ चौंका र १ छक्का प्रहार गरे। कमजोर शुरुवात गरेको नेपालका लागि दिपेन्द्र र आरिफले छैटौं विकेटका लागि १ सय १ रनको साझेदारी गरेका थिए। त्यस्तै नेपालका लागि अनिलकुमार शाहले १६, पारस खड्काले १३ र ज्ञानेन्द्र मल्ले ११ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन। मलेसियाका लागि सर्भिन मुनियान्डी र सैजरुल इदरुसले समान ३ तथा मोहम्मद अनवर रहमनले १ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *