श्रीलङकाका राष्ट्रपति सिरिसेना लुम्बिनीमा

Sharing is caring!

भदौ १६, २०७५ । श्रीलङकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना आज बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन्। चौथो बिमस्टेक शिखर सम्मेलनमा भाग लिन आएका सिरिसेना चार्टर विमानबाट भैरहवास्थित गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी पुगेका हुन् ।

राष्ट्रपति सिरिसेनालाई लुम्बिनी विकास कोषले लुम्बिनी विकास गुरु योजनाका विषयमा अवगत गराउनुका साथै उहाँले मायादेवी मन्दिरमा आफ्नो परम्परा अनुसार पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ । मायादेवी मन्दिरपछि लुम्बनीमै रहेको श्रीलंकाद्वारा निर्मित श्रीलंकन गुम्बामा जाने कार्यक्रम पनि रहेको छ ।

 उनलाई पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारी, प्रदेश ५ का पर्यटनमन्त्री लिला गिरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले स्वागत गरेका थिए । उनले मायाँदेवी मन्द्रिरको दर्शन गरी मन्दिरको दक्षिणतर्फ रहेको पिपरलको बोटमुनी आफ्नो धार्मिक परम्परा अनुसार पूजा गरेर अशोक स्तम्भमा दीप प्रज्वलन गरेका छन्। श्रीलङकम मन्दिरमा उनले पूजा तथा ध्यान गर्ने कार्यक्रम रहेको छ।

सिरिसेनाको भ्रमणलाई ध्यानमा राखेर लुम्बिनी तथा रुपन्देहीको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *