एसियाली खेलकुद : नेपाललाई २३ रनले हराउँदै भारत विजयी

Sharing is caring!

असोज १६, २०८० । चीनमा सञ्चालन भइरहेको एसियाली खेलकुदको पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनलमा भारतले विजय हासिल गरेको छ ।

मंगलबार भएको खेलमा नेपाललाई २३ रनले पराजित गर्दै भारत विजयी बनेको हो । भारतसँग पराजित भएपछि पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ ।

टस जितेर ब्याटिङ रोजेको भारतले नेपाललाई ४ विकेटको क्षतिमा २०३ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ् गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय७९ रन मात्रै बनाउन सक्यो ।

भारतको इनिङ्समा यशस्वी जयशवालले ४९ बलमा १ सय रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *