महासचिव गुटरेसले आज दिउँसो राष्ट्रपति पौडेललाई भेट्ने

Sharing is caring!

कात्तिक १२, २०८० । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले आज दिउँसो भेट गर्ने भएका छन् ।

आजै नेपाल आइपुगेका महासचिव गुटरेसको भ्रमणको पहिलो दिन उच्चस्तरीय राजनैतिक शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले आज दिउँसो चार बजे राष्ट्रपति कार्यालय शितलनिवासमा पौडेलसँग शिष्टाचार भेट गर्ने राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराइले जानकारी दिइन् ।

यस्तै,आजै उनले प्रधानान्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत प्रमुख दुई राजनीतिक दलका नेता द्वय एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उच्चस्तरीय शिष्टाचार भेटसँगै उनले ललितपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरवार क्षेत्रको अवलोकन गर्नेछन् ।

यसअघि शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको जिम्मेवारीमा रहँदा सन् २००७ मा नेपाल आएका गुटरेसले आफ्नो महासचिवको दोस्रो कार्यकालमा चारदिने नेपाल भ्रमणमा आएका हुन् । १५ वर्षपछि उनले गरेको नेपाल भ्रमणलाई कुटनीतिक क्षेत्रले महत्वको साथ हेरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *