किराँत समुदायले उभौली पर्व मनाउँदै

Sharing is caring!

जेठ १०, २०८१ । आज किराँत समुदायले उभौली पर्व मनाउँदै छन् । किराँत धर्मावलम्बी राई, लिम्बु लगायत जातजातिहरूले उभौली अर्थात् चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् ।
किराँत समुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्राएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । बैशाख पूर्णिमा पछि गर्मी बढ्दै जाने र बेँसीमा रहेका यो समुदायका मानिस लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ भने किराँत समुदायका भिन्न भिन्न सम्प्रदायका मानिसले साकेला नाच नाच्दछन् ।
किराँत समुदायमा पनि एकथरीले उभौली पर्व माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने साउन १ गते मनाउँछन् । पर्वको अवसर पारेर आज ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा किराँत समुदायका मानिस जम्मा भई विधिपूर्वक पूजा आराधना गर्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *