पोखरीमा डुबेर दुईजना बालिकाको मृत्यु

Sharing is caring!

भदौ ३०, २०८० । पोखरीमा डुबेर मोरङको ग्रामथानमा शनिबार दुईजना बालिकाको मृत्यु भएको छ । नुहाउने क्रममा उनीहरु पोखरीमा डुबेका थिए ।

प्रहरीका अनुसार ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर १० र १२ वर्षीया बालिकाको मृत्यु भएको हो ।

ग्रामथान–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जनाए ।

पोखरीमा नुहाउने क्रममा डुबेर सिकिस्त भएका उनीहरुलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका थिए । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *