लागू औषधसहित दुईजना पक्राउ

Sharing is caring!

कात्तिक १४, २०८० । प्रहरीले सिरहा र कपिलवस्तुबाट दुईजनालाई लागू औषधसहित पक्राउ गरेको छ ।

सिरहाको लहान नगरपालिका–१२ भोटिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ४५ मिलिग्राम र डिजिटल तराजुसहित लहान नगरपालिका–१३ बस्ने ३३ वर्षीय देबकान्त चौधरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय लहान र ईलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले स.९ प ८२७४ नम्बरको मोटरसाइकलमा सवार चालक चौधरीलाई पक्राउ गरेको हो ।

यस्तै कपिलवस्तु, बाणगंगा नगरपालिका–७ बनगाई बस्ने २४ वर्षीय अंकित थारूलाई पनि अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले थारुको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *