महासचिव गुटेरेस र अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता

Sharing is caring!

कात्तिक १४, २०८० । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचीवले संसदमा सम्बोधन गर्नुअघि अध्यक्ष तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन लगायतका विषयमा कुराकानी भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *