मलेसियालाई हराउँदै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा

Sharing is caring!

कात्तिक १४, २०८० । घरेलु टोली नेपाल जारी विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ । मङ्गलवार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जितसहित अन्तिम चारको यात्रा तय गरेको हो ।

पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो । नेपालको जितले ओमान पनि सेमिफाइनल पुगेको छ । नेपालको जितमा कुशल मल्लले शानदार अर्धशतक प्रहार गरे । उनले ३४ बलमा ६५ रन बनाए । उनले ७ छक्का र २ चौका प्रहार गरे । त्यस्तै कुशल भुर्तेलले ४३ र आशिफ शेखले ३२ रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो ।
नेपालले समूहको अन्तिम खेलमा अब ओमानसँग खेल्ने छ । यो खेलले समूह विजेता र उपविजेता तय गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *