विश्वकप छनोट : नेपालले आज लाओससँग खेल्दै

Sharing is caring!

असोज ३०, २०८० । फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोट अन्तर्गत दोस्रो लेगको खेलमा नेपालले आज लाओससँग खेल्दैछ । खेल लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।

बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेलमा नेपालले लाओससँग १–१ को बराबरी खेलेको थियो । दोस्रो चरणमा पुग्नका लागि नेपालले दोस्रो लेगमा लाओसलाई हराउनैपर्ने हुन्छ ।

दोस्रो लेगको खेलमा विजयी हुने टिम विश्वकप एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ । जहाँ कूल ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । उनीहरुलाई ४–४ टोली रहने गरी ९ समूहमा विभाजन गरिनेछ । त्यसैले आजको खेल नेपाली फुटबलको भविष्यका लागि निकै महत्वपूर्ण रहेको छ ।

नेपाल र लाओसबीचको विजेता नै दोस्रो चरणमा युएई र बहराइन रहेको समूह ‘एच’मा पर्नेछ । आजको खेलमा नेपाल लाओसविरुद्ध जित निकाल्ने दाउमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *