राष्ट्रिय क्लब भलिबल : नेपाल पुलिस र टिपटपको लगातार जित

Sharing is caring!

असार २६, २०८० । नेपाल भलिबल संघको आयोजनामा भएको लिग प्रतियोगितामा मंगलबार नेपाल पुलिस क्लबले दावाँली मिलन क्लबलाई ३–० ले पराजित गरेको छ । पुलिसले २५–२१, २५–१९, २५–१७ को सोझो सेटमा जित हात पारेको हो । पुलिसको ३ खेलबाट ८ अंक भएको छ । पुलिसले आफुले खेलेका ३ वटै खेल जितेतामा पनि गण्डकी संग अंक बाडेको थियो ।

यस्तै पुरुष तर्फकै अर्को खेलमा टिपटप हेल्प नेपालले पनि आफ्नो तेश्रो खेलमा गण्डकी प्रदेश भलिबल क्लब माथी ३–० को जित निकालेको छ । हेल्प नेपालले गण्डकीमाथी २५–२२, २५–१७, २८–२६ को जित निकालेको हो । यस जितका साथ हेल्प नेपालको ९ अंक भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिग प्रतियोगिताको महिला तर्फको खेलमा एपिएफले एभरेष्ट भलिबल क्लबलाई २५–९, २५–१२, २५–११ को सोझो सेटमा पराजित गर्दै थप ३ अंक जोडेको छ । एपिएफको ३ खेलबाट ८ अंक भएको छ । एपिएफले आर्मी संग अंक बाँडेको थियो ।

यस्तै गरि न्यू डायमन्ड र आर्मीबिच भएको खेलमा न्यू डायमन्डले ३–२ सेटको जित आत्मसाथ ग¥यो । पहिलो र दोश्रो सेट २५–१५, २५–२१ ले आफ्नो पक्षमा पारेको डायमन्डले तेश्रो र चौथो सेट १९–२५, २२–२५ ले आर्मीलाई सुम्पन पुग्यो । पाँचौ तथा अन्तिम सेटमा डायमन्डले १५–९ ले खेललाई आफ्नो पक्षमा पार्दै खातामा थप २ अंक जोडेको हो । हारका बावजुद आर्मीको यो सहित २ अंक भएको छ ।

राउण्ड रोविन लिगमा क्लबले प्राप्त गरेको अंकको आधारमा पहिलो र दोश्रो स्थान प्राप्त गर्ने टोलीविच फाईनल स्पर्धा हुने र प्रधानमन्त्री कपको उपाधी प्राप्त गर्ने अन्तर्राष्ट्रिय रेफ्री गौतम प्रसाद लासिवाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *