विद्यालय शिक्षा विधेयक संशोधनमा पहल गर्ने कांग्रेसको निर्णय

Sharing is caring!

असोज ५, २०८० । नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक संशोधन गर्न पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले, शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको हो ।

बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विद्यालय शिक्षा विधेयकबारे पार्टीको धारणा सार्वजनिक गर्दै सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिलाई सकारात्मक रूपमा लिएको र विधेयक परिर्माजनका लागि आवश्यक पहल गर्ने बताए ।

शर्माले भने ‘विद्यालय शिक्षाको वर्तमान अवस्था परिवर्तन गर्न र शिक्षक एवम् विद्यालय कर्मचारीका वर्षौँदेखिका समस्या समाधान समयानुकूलको ऐन प्रतीक्षित थियो । अघिल्लो ऐन र कानुनी व्यवस्थाका तुलनामा प्रस्तावित विधेयकले कतिपय महत्त्वपूर्ण विषय समेट्नु एकातर्फ सुखद छ,’ महामन्त्री शर्माले विद्यालय शिक्षक र विद्यालय कर्मचारीको जायज र उपयुक्ति मागलाई सम्बोधन गर्न नसकेको बताए ।

उनले भने ‘यो विधेयकलाई ऐन बनाउँदा यसमा परिमार्जन, संशोधन गर्नुपर्ने विषय छन् । संसदमा दर्ता भएको विधेयकलाई संसदीय पक्रियाबाट नै आवश्यक संशोधन र परिमार्जनका माध्यमबाट सर्वस्वीकार्य बनाउन पहल कदमी लिने प्रतिबद्धता समेत जाहेर गर्दछ,’

Leave a Reply

Your email address will not be published. Required fields are marked *