पार्टीहरुभित्र आदर्श भन्ने कुरा हराउँदै गयो : सिपी गजुरेल

Sharing is caring!

कात्तिक १, २०८० । देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले नेपालका कम्युनिष्ट आन्दोलनमा विचार र राजनीतिको खडेरी आएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘क.ओम गुरुङ स्मृतिग्रन्थ’ विमोचन कार्यक्रममा उनले पार्टीहरुभित्र आदर्श भन्ने कुरा हराउँदै गएको बताए ।

उनले भने, ‘फेरि नेपालको कम्युनिष्ट आन्दोलनमा विचार र राजनीतिको खडेरी आएको छ । राजनीतिमा आएको खडेरीले उनीहरुको जीवनशैलीमा प्रभाव परेको छ । पार्टीहरुभित्र आदर्श भन्ने कुरा हराउँदै गएको छ ।’

उनले प्रत्येक कम्युनिष्ट पार्टी क.ओम गुरुङले पक्षयाएको बाटोमा हिड्नु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *