कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

Sharing is caring!

कात्तिक १, २०८० । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको विश्वासको मतको प्रस्तावको पक्षमा ८६ मत परेको छ । उक्त प्रस्तावको विपक्षमा ५ मत परेको छ ।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार नियुक्त कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा एकजना सांसद अनुपस्थित रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री कार्कीलाई एमालेका ३९, काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ सांसदले विश्वासको मत दिएका हुन् ।

राप्रपाका एकजना सांसद अनुपस्थित रहे ।

००

Leave a Reply

Your email address will not be published. Required fields are marked *