कमेडी च्याम्पियनको तेस्रो संस्करण फागुनबाट

Sharing is caring!

माघ १०, २०८० । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को तेस्रो संस्करण आगामी फागुन ३ गतेदेखि दर्शकमाझ आउने भएको छ । शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने छ । प्रसारणका लागि टेलिभिजन र उत्पादक एड रिलिजबीच बुधबार राजधानीमा सम्झौता भएको छ ।

थ्री प्रोडक्सनको प्रस्तुति रहने यो संस्करणमा यसपटक टेलिभिजनबाट ३३ भाग प्रसारण हुने निर्देशक विशाल भण्डारीले बताए । ‘यसपटक अघिल्ला दुई संस्करणमा भन्दा उत्कृष्ट प्रतिष्पर्धीहरु छन् । हामीले सोचेको भन्दा राम्रा प्रतियोगीहरु पाएका छौं,’ उनले भने, ‘हामीलाई राजनीतिक व्यंग्य गर्ने थलोका रुपमा धेरैले लिएको बुझेको छु । अघिल्ला दुई संस्करणमा बढी राजनीति केन्द्रीत भयो भन्ने आरोप पनि लागेको थियो ।

त्यसकारण यसपटक राजनीतिक विषयवस्तु भन्दा पनि प्रतिष्पर्धीको शैलीलाई प्राथमिकता दिएको उनले बताए ।
कान्तिपुर टेलिभिजनका सीइओ शिशिर पछाईले आफूहरुले दुई वर्षदेखि ‘कमेडी च्याम्पियन’का लागि गरिरहेको मिहिनेतलाई दर्शकले साथ दिनेमा ढुक्क रहेको बताए ।

शोको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ । खल्ती एपले भोटिङमा सहकार्य गरेको छ । शोमा प्रदीप भट्टराई, सन्तोष पन्त, ऋचा शर्मा र मनोज गजुरेल निर्णायक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *