सरकार सत्ता ढलीमलीमै मग्न : सांसद गिरी

Sharing is caring!

माघ २४, २०८० । नेकपा एमालेका सांसद पदम गिरीले वर्तमान सरकार सत्तामा ढलीमली गरेर त्यसैमा रमाइरहेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा हिउँदे अधिवेशन सुरु भएको अवसरमा दलीय प्रतिनिधिको रुपमा बोल्दै उनले भ्रष्टाचार र तस्करीका काण्डमा सरकार मुछिएको आरोप लगाए । सरकारको कार्यशैलीका कारण जनतामा सिंगो व्यवस्थामाथि नै वितृष्णा बढ्ने स्थिति सृजना भइरहेको उनको जिकिर थियो ।

उनले भने, ‘वर्तमान सरकार सत्तामा ढलीमली गरेर त्यसैमा मात्र रमाइरहेको छ । सारा जनता कुन पीडामा गुज्रेको छ सरकारलाई मतलब छैन । सरकारको अकर्मण्यताका कारण असफलताका कारण, भ्रष्टाचार र तस्करी अनेक काण्डमा सरकार जसरी लागिरहेको छ, त्यसले गर्दा आमजनतामा सरकारप्रति मात्र होइन सिंगो व्यवस्थामाथि नै वितृष्णा बढ्ने स्थिति सृजना भइरहेको छ ।’ उनले व्यवस्था नै असफल हो भन्ने कुप्रचार गर्ने काम भइरहेको भन्दै सरकारको असफलता व्यवस्थाको असफलता नभएको प्रष्ट पारे ।

उनले भने,‘व्यवस्था नै असफल हो भन्ने कुप्रचार गर्ने काम भएको छ । तर, हामी भन्छौं सरकारको असफलता व्यवस्थाको असफलता होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *