सरकार सामाजिक न्याय र समृद्धिको यात्रामा प्रतिबद्ध : प्रधानमन्त्री दाहाल

Sharing is caring!

असोज २६, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकताका सम्बोधन गर्ने बाटोमा प्रतिबद्ध रहेको बताएका छन् ।

ललितपुरमा ‘‘एसियन प्रोफेसनल अभिच्मेन्ट अवार्ड २०२३’’ कार्यक्रममा उनले चुनौतीपूर्ण परिस्थितिमा रहेको अर्थतन्त्रलाई लयमा फर्काउन, देशमा आशाको नयाँ रक्त सञ्चार भर्न, राजनीतिक स्थायित्व र सुशासन कायम गर्न सरकार निरन्तर क्रियाशील रहेको बताए। त्यस्तै कला साहित्य र खेलकुदको माध्यमबाट देशलाई एकताबद्ध गर्न सकिने बताए ।

उनले भने ‘मैले पटकपटक भन्दै आएको छु– खेलकुद, साहित्य कला र सामाजिक क्षेत्र राष्ट्रिय एकताका सबैभन्दा महत्वपूर्ण आयामहरू हुन्, यिनीहरूको माध्यमबाट सिंगो देशलाई एकतावद्ध गर्न सकिन्छ । ’

सामाजिक जीवनमा सक्रिय व्यक्तिहरुले व्यवसायीक जीवनमा मात्रै नभएर राष्ट्रिय रुपमासमेत योगदान दिन सक्ने भन्दै उनले सरकारले त्यस्ता कामलाई प्रोत्साहन गर्दै आएको दाबी गरे । ‘सामाजिक जीवनमा सक्रिय रहने व्यक्तित्वहरूले आफ्नो व्यावसायिक जीवनमा मात्र नभएर राष्ट्रको एकता, समृद्धि र बहुआयमिक विकासमा समेत महत्वपूर्ण योगदान गर्दछन्। तसर्थ, देश र जनताको हित एवं सामाजिक जीवनका विविध क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूको सकारात्मक योगदानलाई प्रोत्साहन र आम नागरिकसम्म सम्प्रेषण गरेर मात्र देशमा आशा र विश्वासको नयाँ वातावरण सिर्जना गर्न सकिन्छ भन्नेमा सरकार प्रष्ट छ । ’ उनले भने ‘नेपाल सरकारले समेत सामाजिक जीवनमा महत्वपूर्ण योगदान पु¥याउने संस्था, प्रवृत्ति र व्यक्तित्वहरूलाई प्रोत्साहित गर्दै आएको कुरा यहाँहरूलाई अवगत नै छ ।’

सो कार्यक्रम विभिन्न विधामा देश विदेशमा ख्याती कमाएका डा. भगवान कोइराला, निर शाह, डा. राजेन्द्र केसी, सन्तोष शाह, किरणकुमार श्रेष्ठ, शम्भु श्रेष्ठ, राजेन्द्र कुमार शर्मालगायतका व्यक्तित्वहरूलाई प्रधानमन्त्रीले सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *