पार्टीको विधान परिवर्तन गर्नुपर्छ : नेता नारायण खड्का

Sharing is caring!

असोज ८, २०८० । नेपाली कांग्रेसका नेता एवं पार्टी केन्द्रीय सदस्य डा. नारायण खड्काले पार्टीको विधान परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् । उनले पार्टीको विधानलाई परिवर्तन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सोमबार कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा उनले पार्टीको विधान काम नलाग्ने भएको समेत बताए ।

नेता खड्काले भने, ‘अहिलेको हाम्रो विधानले काम गर्दैन । यो १४ जना पदाधिकारी र पार्टीको सभापति सहमतिमा हो या कार्यकारी हो ? यो अर्को दुई वर्ष त जाला साथीहरू तर १५ औं महाधिवेशनमा जो साथीहरूको महत्वकाङ्छा राख्नु भएको छ । तपाईंहरूले यसलाई नयाँँ तरिकाले लानुस् ।’

उनले यो पार्टीको विधानलाई कुन तरिकाले लाने भन्नेबारे सभापतिले सोच्नुपर्ने बताए । नेतृत्वको धागो लामो हुने र पार्टी चलाउन निकै नै असजिलो हुने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *