१९ औं एसियाली खेलकुद सम्पन्न : नेपाल १ रजत र १ कास्यमै सिमित

Sharing is caring!

असोज २१, २०८० । १९ औं एसियाली खेलकुद चीनको हान्जाओमा आज समापन हुदैछ । एसियाली महादीपको सबैभन्दा ठुलो प्रतियोगितामा २९ खेलमा २ सय ५३ खेलाडीलाई हान्जाओ एसियाडमा सहभागी गराएको नेपाल भने १ रजत र १ कास्य जितेको हो ।

सेमिफाइनलसम्म पुगेको महिला कबड्डी टिमले काँस्य पदक हात पार्न सफल रह्यो । समूह चरणमा बंगलादेशलाई हराउदानै नेपालको पदक पक्का भएको थियो ।

कराँतेकी एरिका गुरुङले कुमितेमा फाइनलसम्म पुगिन् । काजकिस्तानकी खेलाडीसँग फाइनलमा पराजित भएर उनले ऐतिहासिक स्वर्ण पदक जित्न भने चुकिन् । तर कराँतेबाट नेपाललाई ऐतिहासिक रजत पदक भने जिताईन् । एरिकाको रजत पदक नेपालका लागि १९ औं एसियाडको सबैभन्दा ठुलो सफलता बनेको छ । नेपाली टिम सोमबार चीनबाट नेपाल फर्कने कार्यक्रम छ ।

यो प्रतियोगितामा चीनले सबैभन्दा धेरै २सय १ स्वर्णसहित कुल ३ सय ८३ पदक जित्दा जापानले ५२ स्वर्णसहित १ सय ८८ र दक्षिण कोरियाले ४२ स्वर्णसहित १सय९० पदक जितेको छ । भारतले २८ स्वर्णसहित १ सय ७ पदक जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *