सेयर बजारमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो

Share this news:

जेठ २२, २०८१ । सेयर बजार परिसूचकमा सामान्य सुधार छ । कारोबार रकम पनि बढेको छ । मंगलबार ६.२२ अंकले बढ्दा बजार परिसूचक नेप्से २०८५.३० को विन्दुमा रह्यो ।

८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँमा किनबेच भएको छ । १२५ कम्पनीको सेयरमूल्य बढेको छ भने ११४ कम्पनीको घटेको छ । ८ कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन छैन ।

साताको पहिलो दिन बढेको सेयर बजार दोस्रो दिन घटेको थियो । सोमबार बजार ३.९७ अंकले घट्दै २०७९.०७ विन्दुमा रहँदा ८८ लाख २० हजार १२५ कित्ता सेयर ४ अर्ब ४० लाख रुपैयाँमा किनबेच भएको थियो । यसअघि आइतबार नेप्से परिसूचक १३.५१ अंकको बढोत्तरीसँगै २०८३.०४ विन्दुमा रहँदा ९६ लाख ९७ हजार २०६ कित्ता सेयर ४ अर्ब ३१ करोड १० लाख रुपैयाँमा किनबेच भएको थियो ।

मंगलबार १३ मध्ये जलविद्युत, म्युचुअल फण्ड र अन्य उपसमूहबाहेक सबै बढेका छन् । व्यापार उपसमूह सर्वाधिक २.७० प्रतिशतले बढेको छ । लघुवित्त उपसमूह १.४८ प्रतिशतले बढ्दा ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ता बढी फाइदामा रहे । उक्त कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै नारायणी विकास बैंक, महुली लघुवित्त, हिमालयन लघुवित्त, माथिल्लो मैलुङखोला जलविद्युत सेयरमूल्य बढेका कमप्नीको सूचीमा छन् ।

सर्वाधिक कारोबार हुनेमा सीइडीबी हाइड्रोपावर छ । उक्त कम्पनीको २० करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नेपाल फाइनान्सको १२ करोड ९८ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ८२ लाख, युनाइटेड अजोड इन्स्योरेन्सको ११ करोड ७९ लाख र ग्लोबल आइएमई लघुवित्तको १० करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *