गाउँ गाउँमा सिंहदरवार, अनैतीक लाभ संकलनको अभियानमा परिणत भएको सांसद झाको टिप्पणी

Sharing is caring!

असोज १९, २०८० । सांसद मनिष झाले गाउँ गाउँमा सिंहदरवार राजनीतिक नारा समाजमा विकृति जन्माउने अभियानमा परिणत भएको टिप्पणी गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा उनले गाउँ गाउँमा सिंहदरबार कर उठाउन र अनैतीक लाभ संकलन गर्न र गाडिको लस्कर देखाउन पुगेको ठहर जनताले गरेको बताए ।

‘गाउँ गाउँमा सिंहदरबार छिर्नेछ भनेर अपेक्षा बाँडियो । राजनीतिक त्यो नाराले राम्रै अपेक्षा पनि दियो । तर गाउँ गाउँमा सिंहदरबार त कर उठाउन अनैतिक लाभ संकलन गर्न लावा लस्करको गाडी देखाउन पुगेछ । ’ नागरिकलाई सामान्य आधारभुत सेवा दिन र न्याय दिन गाउँमा सिंहदरबार नपुगेको उनको भनाई छ।

उनले जनकपुरको आरती शाहको हत्यापश्चात् उनको परिवार माइतीघरमा ११२ दिन न्यायको लागि बस्दै गर्दा पनि बन्दीहरूलाई सामान्य तारिखमा छोडिएको बताए । यस्तै कारणले न्यायलयमा रहेको हाम्रो आस्था र विश्वासलाई त्यो भवनले मात्रै थेगेको तर त्यहाँ बस्ने व्यक्तिले आस्था र विश्वासलाई कमजोर बनाएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *