सरकारले संसद्लाई अप्ठ्यारो पार्ने काम गर्‍यो : सांसद पन्त

Sharing is caring!

असोज १९, २०८० । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकले संसद्लाई अप्ठ्यारो पार्ने काम गरेको बताए ।

शुक्रबार बसेको विद्यालय शिक्षा विधेयक २०८० माथिको समान्य छलफलमा उनले राहतवाला शिक्षकहरुसंग सरकारले गरेको सम्झैता शिक्षा विधेयकमा कर्पोरेट गर्ने काम गरेको बताए ।

‘संसद्लाई अप्ठ्यारो पार्ने काम सरकारले गर्यो । राहतवाला शिक्षकहरुसंग सरकारले गरेको सम्झौता कसरी यो विधेयकमा कर्पोरेट हुन्छ । सरकारले त्यहाँ गरेको सम्झैता यो संसद्ले मान्न बाध्य छ ? बाध्य छैन् । ’

उनले संसद्ले विद्येयक आफ्नो विवेकले बनाउने तर सरकारले त्यसलाई प्रस्तुत गर्दा भावना भन्दा विपरीतको सम्झौता गर्दै हिँडेको बताए । विधेयक प्रस्तुत गर्ने तरिका उल्टो भएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *