नेपाल संवत्लाई देशव्यापी प्रयोगमा ल्याउन मेयर साहको सरकारलाई आग्रह

Sharing is caring!

कात्तिक २८, २०८० । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल संवत्लाई देशभरी प्रयोगमा ल्याउन पहल गरिदिन सरकारसंग आग्रह गरेका छन् ।

बसन्तपुरमा आयोजित नेपाल संवत् ११४४ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले महानगरपालिकाले आफ्नो क्यालेन्डरमा यो संवतलाई प्रचलनमा ल्याएको भन्दै देशव्यापी रुपमा पनि प्रयोगमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘काठमाडौं महानगरपालिकाले चै यो संवतलाई अफिसियलरुपमा हाम्रो नोटिसहरुमा हाम्रो कागजातमै प्रयोग गर्ने गरेकोले यो राष्ट्रिय रुपमा देशभरी नै यो संवतलाई प्रयोग गरिदिनु हुन पनि अनुरोध गर्दछु । ’ उनले भने ‘अर्को वर्षसम्म आईपुग्दा नेपाल संवत चै राष्ट्रिय रुपमै प्रयोग हुनेछ आशा राखेको छु । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *