आजको मौसम : पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण देशभर मौसममा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी र हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने अन्य स्थानहरूमा आंशिक बदली रहने सम्भावना छ।

यस्तै, कोशी प्रदेश लगायत पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। मधेश प्रदेशका थोरै स्थानहरूमा पनि यस्तै प्रकारको वर्षा हुने सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेकोले ती क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

प्रतिक्रिया