मधेशलाई साक्षर प्रदेश बनाउने लक्ष्यसहित मन्त्री पोखरेललाई उच्चस्तरीय प्रतिवेदन बुझाइयो

hitkhabar.com


काठमाडौं । मधेश प्रदेशलाई चालु आर्थिक वर्षभित्र साक्षर प्रदेश घोषणा गर्ने उद्देश्यसहित गठित उच्चस्तरीय विज्ञ कार्यदलले आफ्नो प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल समक्ष हस्तान्तरण गरेको छ।

जनकपुरधाममा आयोजित मधेश साक्षरता कार्यक्रममा कार्यदलले बुझाएको प्रतिवेदनमा मधेश प्रदेशको साक्षरताको वर्तमान अवस्था, विद्यमान चुनौती, समाधानका रणनीति तथा समयबद्ध कार्ययोजना समेटिएको जनाइएको छ।

कार्यक्रममा मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा रूपान्तरणकारी पहलमार्फत “साक्षर मधेश, सक्षम मधेश” निर्माणतर्फ सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले प्रदेशको साक्षरता दर वृद्धि गर्न सरकार, स्थानीय तह तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको समेत उल्लेख गर्नुभयो।

प्रतिक्रिया