स्वास्थ्य मन्त्री मेहता र युएनडिपी प्रतिनिधिबीच मन्त्रालयमा भेटवार्ता

hitkhabar.com


काठमाडौं । माननीय स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) का प्रतिनिधिहरूबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटका क्रममा युएनडिपीका प्रतिनिधिहरूले मन्त्री मेहतालाई बधाई दिँदै स्वास्थ्य क्षेत्र, सार्वजनिक खरिद प्रणाली तथा ग्लोबल फण्डअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूमा नेपाल सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

छलफलमा मन्त्री मेहताले सरकारको १०० बुँदे शासकीय सुधार कार्ययोजनाअन्तर्गत स्वास्थ्य प्रणाली सुधारलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै स्वास्थ्य सेवाको डिजिटाइजेसन तथा अस्पतालहरूलाई ‘पेपरलेस’ बनाउने योजनामा युएनडिपीको प्राविधिक सहयोग अपेक्षित रहेको बताउनुभयो।

उहाँले सरकार र युएनडिपीबीचको सहकार्यले नेपालको स्वास्थ्य सेवालाई आधुनिक, पारदर्शी र जनमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया