राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी

hitkhabar.com


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार थप तीन अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसअनुसार संविधानको धारा ११४ (१) बमोजिम ती अध्यादेश प्रमाणीकरण गरिएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार जारी गरिएका अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३' सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३' तथा विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ समेटिएका छन्।

संसद् अधिवेशन नचलेको अवस्थामा तत्काल कानुनी व्यवस्था आवश्यक ठानिएका विषयलाई अघि बढाउन सरकारले अध्यादेशमार्फत प्रक्रिया अघि बढाएको जनाएको छ।


प्रतिक्रिया