अध्यक्ष ओलीको शल्यक्रिया टिचिङ अस्पतालमा हुँदै

hitkhabar.com


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको समस्याका कारण आज (चैत ३०) शल्यक्रिया गरिँदै छ। उहाँ काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ।

अस्पताल स्रोतका अनुसार आवश्यक सबै स्वास्थ्य परीक्षणका रिपोर्ट प्राप्त भएपछि शल्यक्रियाको प्रक्रिया अघि बढाइएको हो। चिकित्सक डा. पल्लेस्वाँ जोशी लाखेको नेतृत्वमा शल्यक्रिया सञ्चालन भइरहेको जनाइएको छ। शल्यक्रियाका लागि उहाँलाई अपरेशन कक्षमा लगिसकिएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका ओलीको परीक्षणका क्रममा पित्तथैलीमा २२ एमएमको पत्थरी भेटिएको थियो। हाल चिकित्सकहरूको निगरानीमा शल्यक्रिया प्रक्रिया जारी रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया